प्रदेश १ स्तरीय मौलिक नेपाली लोकबाजा प्रशिक्षण सुनसरी धरानमा सुरु

फागुन २० । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान संगीत विभागको आयोजनामा प्रदेश १ स्तरीय मौलिक नेपाली लोकबाजा प्रशिक्षण सुनसरी धरानमा सुरुभएको छ। फागुन २० गते शुत्रबारबाट सुरुभएको प्रशिक्षण कार्यक्रम ओैपचारिक रुपमा धरान उपमहानगरपालिका का मेयर तिलक राईले पानसमा बत्ती बालेर उत्घाटन गर्नुभयो ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना तथा धरान नृत्य प्रतिष्ठानको स्थानीय ब्यावस्थापन सञ्चालित उक्त कार्यक्रम फाल्गुन ३० गते समापन हुनेछ।

प्रदेश १ का करिब १० वटा जिल्लाबाट करिब ६० जना सहभागी प्रशिक्षार्थीलाई प्रशिक्षकहरु भरत बुडाथोकी र दिपेश राईले मादल ढोलको सैद्धान्तिक तथा ब्यावहारिक तालिम दिनुहुने छ।

उद्घाटन समारोहमा धरान प्रज्ञा प्रतिष्ठान,धरान संगीत प्रतिष्ठान,राई यायोक्खा सुनसरीका पदाधिकारीले सम्बोधन गर्नुभएको थियो ।

उत्घाटन समारोह प्रतिष्ठानका संगीत बिभाग प्रमुख तथा कार्यक्रम सम्योजन अशोक राईको सभापतित्व र धरान उपमहानगरपालिका प्रमुख तिलक राईको प्रमुख आथित्यतामा मुनाल सास्कृतिक केन्द्रको हलमा भएको थियो।

प्रशिक्षण फाल्गुन ३० गते प्रशिक्षार्थीको प्रस्तुति तथा प्रमाणपत्र बितरण कार्यक्रम सहित समापन हुनेछ ।

See Insights

Boost post

22