८४औँ अम्बर जयन्ती

 

फागुन १४ गते । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्रथम कुलपति अम्बर गुरुङज्यूको जन्म दिवसका अवसरमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्राङ्गणमा एक समारोह आयोजना गरी ८४औँ जन्म जयन्ती मनाइएको छ । प्रतिष्ठानका उपकुलपति हरिहर शर्माज्यूको सभाध्यक्षमा आयोजना भएको कार्यक्रममा उहाँको तस्वीरमा माल्यार्पण गरी उहाँको सम्झनामा एक मिनेट मौनधारण गरिएकाे थियाे ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य प्रदिप कुमार बमजनले उहाँसँगको अनुभवहरु स्मरण गर्दै दार्जिलिङमा रहँदाको संघर्ष र आप्mनो नेपाली भाषा र सङ्गीतको पहिचान स्थापित गर्न बङ्गालीहरुसँग प्रतिष्पर्धा गरेको भोगाईका कथाहरु सुनाउँदा आफू भक्कानिएको बताउनु भयो । उहाँको प्राथमिकतामा सदैव नेपाली गीत सङ्गीत हुने गरेको पनि बताउनु भयो । उहाँले राताे र चन्द्र सूर्य ‌‌बाेलकाे गीत गाएर उहाँप्रति श्रद्धासुमन व्यक्त गर्नु भयाे ।

त्यसैगरी प्राज्ञ सभा सदस्य गायक शिशिर योगीले पनि उहाँसँग गाउँबाट सङ्गीत सिक्नकै लागि राजधानी आएको र १४ वर्षसम्म सङ्गीतको ज्ञान हासिल गरेको बताउनु भयो । सङ्गीत सिक्ने क्रममा कोठा भाडा तिर्ने पैसा नहुँदा घरबेटीले आफूसँग रहेको हार्मोनियम लगेको सम्झना गर्नुभयो । कार्यक्रममा उहाँले रत्न शमसेर थापाको शब्द रचना रहेको अम्बर गुरुङले सिकाउनु भएको ‘एकान्तमा यो कस्तो खलबल....’ बोलको गीत समेत गाउनु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कार्यक्रमका सभाध्यक्ष उपकुलपति हरिहर शर्माले गुरुङ्ग नेपाली सङ्गीतका पथप्रदशक भएको बताउनुभयो । आप्mनो जीवनकालको ३५ वर्ष अम्बर गुरुङसँग नजिक रहेको बताउनु हँुदै नेपाली राष्ट्रगानको सङ्गीत सुनेर जर्मन सङ्गीतकारले उहाँको प्रशंसा गर्दै भेट्न चाहेको भनी चिठी लेखेको सम्झना पनि गर्नुभयो ।

प्रतिष्ठानका सदस्य सचिव श्याम प्रकाश तमोटले सहजीकरण गर्नु भएको कार्यक्रममा प्राज्ञ परिषद सदस्यहरु निशा शर्मा, नमुना शर्मा, मेघराज शर्मा मञ्जुल, धीरेन्द्र प्रेमर्षि, हरिदेवि कोइराला, प्राज्ञ सभा सदस्य प्रदिप कुमार बमजम र शिशिर योगी तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

+3

See Insights

Boost post

88

1 Share

Like

Comment

Share